भ्याक्सिन लगाएका दर्शकले आईपीएल स्टेडियममा हेर्न पाउने

भ्याक्सिन लगाएका दर्शकले आईपीएल स्टेडियममा हेर्न पाउने

यूएईमा हुन लागेको आईपीएलको १४औं संस्करणको बाँकी प्रतिस्पर्धा हेर्न दर्शकलाई स्टेडियममा प्रवेश दिने सम्भावना बढेको छ। यूएई सरकारको नियमअनुसार कोरोनाविरुद्धको भ्याक्सिन लगाएका दर्शकलाई स्टेडियममा प्रवेश दिइने छ।

स्टेडियमको क्षमताको आधा दर्शकलाई प्रवेश दिइने बताइएको छ। आईपीएल २०२१को बाँकी प्रतिस्पर्धा गराउन बीसीसीआईका अधिकारीहरु दुबई पुगिसकेका छन्। बाँकी रहेको ३१ प्रतिस्पर्धा सेप्टेम्बर–अक्टोबरको बीचमा गराउने योजना रहेको छ।