राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटिको अध्यक्षमा पौडेल नियुक्त

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटिको अध्यक्षमा  पौडेल नियुक्त

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटिको अध्यक्षमा किरन पौडेल नियुक्त भयका छन।

सोमबार केन्द्रीय कमिटीले अध्यक्षमा नियुक्त गरेको हो। युवाहरू माझ लामो समय देखि सक्रिय पौडेल राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटिको अध्यक्षमा नियुक्त भएका हुन।

नवनियुक्त अध्यक्ष पौडेल आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए।

साथै उनले धनगढी खबर संगको कुराकानीमा युवाहरूलाई नेतृत्व तहमा र नितिगत रूपमा निर्णय प्रक्रियामा सहभागि गराउने प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन।

केन्द्रीय सरकारले प्रदेशमा रहेका सम्पुर्ण युवाहरूका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ परिषद गठन गरेको हो