देशभरको मौसम कहाँ कस्तो रहन्छ ?

देशभरको मौसम कहाँ कस्तो रहन्छ ?

देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा त्यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण मौसम बदली हुने भएको हो ।

अहिले प्रदेश १ लगायत पहाडी भू–भागमा आंशिक बदली र देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

बुधबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी स्थानहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश १ लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १ लगायत देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश १ लगायत पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यसैबिच देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।