नगर बाल सञ्जाल धनगढीले राष्ट्रिय कबिता लेखन तथा वाचन प्रतियोगिता गर्दै

नगर बाल सञ्जाल धनगढीले राष्ट्रिय कबिता लेखन तथा वाचन प्रतियोगिता गर्दै

धनगढी: धनगढीमा रहेको नगर बाल संजाल धनगढीले राष्ट्रिय बाल कविता बाचन प्रतियोगिता गर्ने भएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘ कोभिड-१९’ ले सृजना गरेको समयलाई सदुपयोग गर्दै नगर बाल सञ्जाल धनगढीको

“कोरोना माहामारीको अवस्थामा बालबालिका” भन्ने बिषयमा देशभरका बालबालिकाबीच कविता वाचन प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा सहभागी इच्छुक हुने जेठ ३१ गते भित्र नगर बाल संजाल धनगढीको ईमेल ठेगाना [email protected] मा भिडियो पठाउन सकिने नगरबाल संजाल धनगढीले जनाएको छ ।