मानव अस्तित्वमाथि एकपछि अर्को चुनौती : कोरोना संक्रमणबाट तङ्ग्रिन नपाउँदै म्युकरमाइकोसिसको चपेटा

मानव अस्तित्वमाथि एकपछि अर्को चुनौती : कोरोना संक्रमणबाट तङ्ग्रिन नपाउँदै म्युकरमाइकोसिसको चपेटा

 कोरोना संक्रमणका कारण गम्भिर बिरामी भै नतिजा नेगेटिभ आएका बिरामीमा फेरि अर्को समस्या कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ ।

वीरगंजमा कालो ढुसीका बिरामी बढ्दै गएको नेपालमा उपचार सम्भब नभएकाले पाँच जनालाई उपचारका लागि भारत पठाईएको नारायणी अस्पतालले जनाएको छ । हाल सम्म ‘वीरगञ्जमा आठ जनालाई कालो ढुसी पुष्टि भएकोमा वीरगंज, बारा र पर्साका ३ जनाको मृत्यु भैसकेको अस्पतालले जनाएको छ ।

कालो ढुसीका कारण बिरामीको मुख विग्रने, आँखा सुन्निने लगायतका समस्या भएकाले नारायणी अस्पतालले उहाँहरुलाई बचाउँन नसकेको जनाएकोछ । नारायणी अस्पतालका एक चिकित्सकका अनुसार झण्डै १ महिनाअघि वीरगन्जकै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज–२७ अलौंकीकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको थियो ।

‘सम्भवतः नेपालमै ब्ल्याक फंगसको संक्रमण भेटिएको पहिलो केस नै त्यही हो’, अस्पतालमा खटिएका चिकित्सकले यहाँ सम्भव भएजति प्रयास गरेपनि बिरामीलाई बचाउन सकिएन । चिकित्सकहरुको अहिले सम्मको अनुभवमा कोरोना संक्रमित व्यक्तिमा कोरोना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा कालो ढुसी संक्रमण देखापर्ने गरेको छ । रोग पहिचानका लागि सिटी स्क्यान र सिगान परिक्षण गरि कालो ढुसीको संक्रमण हो होईन पत्ता लगाउँदै आएको छ ।