निषेधाज्ञामा पनि सरकारी गाडी लगेर 'डेटिङ' गए आयोजना प्रमुख !

निषेधाज्ञामा पनि सरकारी गाडी लगेर 'डेटिङ' गए आयोजना प्रमुख !

 कोरोना भाइरसको महामारीका कारण जारी निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ गएको भिडियो सामाजिक सञ्जालमा चर्चित बनेकाे छ।

काठमाडौंको स्वयम्भूनाथमा ‘प्रदेश नं. ३–०१–००२ – ४९२२’ नम्बरको सरकारी गाडीमा आईतबार एक जोडी ‘डेटिङ’ गएको अवस्थामा भेटिएकाे थियाे। 

उक्त जोडी त्यहाँ कुनै सरकारी कामले गएको थिएन। कार्यालय समयमा उक्त जोडी यसरी रमाउन स्यम्भू पुगेको थियो। 

सरकारी गाडीमा युवती लिएर स्वयम्भूमा पुगी सार्वजनिक स्थलमा अस्वभाविक गतिविधि देखाउने व्यक्त सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको खुलेको हो।

पत्रकार छायाचन्द्र भण्डारीले स्वयम्भूको डाँडाको एक कुनामा उनीहरुको ‘मोजमस्तीमा लिप्त’ बनेको भिडियो र तस्वीर खिचेका थिए।

सहरी विकास मन्त्रालयका सुचना अधिकारी सुरेश कुमार वाग्लेलाई यस विषय जिज्ञासा राख्दा आफूलाई जानकारी नभएको बताए।