भाजपा नेता राकेश पण्डितको हत्या

भाजपा नेता राकेश पण्डितको हत्या

भारतीय जनता पार्टीका नेता राकेश पण्डित सोमनाथको हत्या भएको छ । भारतको जम्मू–कश्मीरको पुलवामा जिल्लामा उनको हत्या भएको हो । संदिग्ध चरमपन्थी समूहका तीन आतंककारीले उनको हत्या गरेको दाबी गरिएको छ । 

घटना पुलवामा जिल्लाको त्राल पायीन क्षेत्रमा भएको एएनआईले लेखेको छ । गोली लागे लगत्तै घाइते भएका पण्डितलाई अस्पताल लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । 

सुरक्षा गार्डबिनै आफ्ना साथीलाई भेट्न गएका बेला नेता पण्डितमाथि आक्रमण भएको हो । उक्त घटनामा पंडितका साथीकी छोरी घाइते भएकी छिन् । उनको उपचार भइरहेको छ । 

मृतक भाजपा पार्षद पंडितसँग दुई सुरक्षाकर्मी हमेशा साथमा रहन्थे । यो घटनापछि राज्यका भाजपा प्रमुख रविन्द्र रैनाले पण्डितको शाहदत खेर नजाने बताएका छन् । उनले कश्मीर घाटीमा रगत बगाउने आतंकवादीहरुलाई निमिट्यान्न पारिने बताए । 

उनले यो एक मानवता र कश्मीरियतको हत्या भएको पनि बताएका छन् । घटनाको भाजपाले निन्दा गरेको छ ।