द्धन्द्धकालका बेला दार्चुलाको खुलामन्चमा लुकाईराखेको बम भेटियो

द्धन्द्धकालका बेला दार्चुलाको खुलामन्चमा लुकाईराखेको बम भेटियो

दार्चुलामा सशस्त्र द्धन्द्धका बेला खुला मन्चमा लुकाएर राखेको बम फेला परेको छ ।

जिल्ला सदरमुकामको महाकाली नगरपालिका–४ स्थित खुलामन्चमा द्धन्द्धकालमा लुकाई राखेको अवस्थामा पाइप बम फेला परेको प्रहरीले जनाएको छ । कालो प्लाष्टिकको सामानभित्र लुकाई छिपाई राखेको अवस्थामा पाइप बम फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए ।

सो बम अन्यन्तै पुरानो भएकाले द्धन्द्धकालको भएको जनाइएको छ । बिहीवार बिहान ११ बजेतिर मन्चको मध्यभागमा मजदुरहरुले जमिन खन्ने क्रममा उक्त बम फेला पारेका हुन् । बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले जिल्लास्थित गुरुगोरख गुल्मलाई खबर गर्दा तत्काल सेना खटिइ बिहीवार नै बम डिस्पोज गरिसकेको छ ।