बाजुरामा निषेधाज्ञा जेठ मसान्त सम्म लम्बियो

बाजुरामा निषेधाज्ञा जेठ मसान्त सम्म लम्बियो

बाजुरा जिल्लामा जारी निषेधाज्ञा लम्बिएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयका आधारमा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको हो ।

जिल्लामा कोभिड संक्रमण दर धेरै नघटेकाल निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।