आज सुनको मुल्य घट्यो, तोलाको कति ?

आज सुनको मुल्य घट्यो, तोलाको कति ?

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । गत बिहीबार सुन प्रतितोला अधिकतम ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज यता चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको छ । गत बिहीबार बजारमा प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार ३४० रुपैयाँमा झरेको हो ।