भारतमा १ लाख ३२ हजार संक्रमित थपिए,२७ सय जनाको मृत्यु

भारतमा १ लाख ३२ हजार संक्रमित थपिए,२७ सय जनाको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरस संक्रमण बाट २ हजार ७ सय १३ जनाको मृत्यु भएको छ । १ लाख ३२ हजार ३६४ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ७ हजार ७१ जना डिस्चार्ज भएका छन् ।

भारतमा दैनिक संक्रमितको संख्याभन्दा निको हुनेको दर पनि २१ दिनदेखि निरन्तर बढेको छ । हालसम्म यहाँ निको हुनेको कुल संख्या २ करोड ६५ लाख भन्दा बढी रहेको छ । २ करोड ८५ लाख भन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुुसार भारतमा अहिलेसम्म ३ लाख ४० हजार ७०२ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रिय संक्रमितको संख्या १६ लाख ३५ हजार ९९३ जना छन् ।