कैलालिको घोडाघोडीमा बालीको अनुगमन

कैलालिको घोडाघोडीमा बालीको अनुगमन

कैलालीको घोडाघोडी नगरपालिकाका किसानले लगाएका मकै र मुंग पकेट बालीको अनुगमन गरेको छ । वडा नम्बर १ भित्रका किसानहरूले लगाएका मकै र मुंग पकेट बालीको अनुगमन टोलीले अनुगमन गरेको हो । ज्वाला पञ्चकोशी सहकारी संस्था, चुन्नि एग्रो फर्म र शान्ति नगर कृषक सहकारी संस्थाले लगाएको मकै र मुंग पकेट बालीको अनुगमन गरेको हो ।

सहकारी र फर्मले  लगाएको खेतबारीमा पुगेरै टोलीले प्रत्यक्ष रुपमा  मकै र मुंग पकेट बालीको अनुगमन गरेको हो । ज्वाला पञ्चकोशी सहकारी संस्थाले १७ बिगाहा जमिन, चुन्नि एग्रो फर्मले ६ बिगाहा जमिनमा मुंग खेती र शान्तिनगर कृषि सहकारी संस्थाले ३० बिगाहा जमिनमा मकै लगाएका थिए । मकै र मुंग पकेट कार्यक्रममा नगरपालिकाको ५० प्रतिशत अनुदानमा सहकारी र फर्मले बाली लगाएका थिए ।

किसानको खेतबारीमा पुगेरै प्रत्यक्ष अनुगमन गर्दा सम्झौता अनुसार ज्वाला पञ्चकोशी सहकारी संस्थाले कार्यक्रमको उद्देश्य अनुसार काम गरेको देखिएको अनुगमन टोलीमा सहभागी कृषि शाखा प्रमुख जनक सिंह धामीले बताए । क्षेत्रफल केही मात्रमा कम भए पनि मुंग बाली राम्रो भएको उनले बताए । चुन्नि एग्रो फर्मले लगाएको मुंग बाली र शान्ति नगर कृषक सहकारी संस्थाले लगाएको मकै बाली सफल नभएको धामीले जानकारी दिए ।

सम्झौता अनुसार चुन्नि एग्रो फर्म र शान्ति नगर कृषक सहकारी संस्थालाई लागत खर्चको ५० प्रतिशत मात्र दिइने कृषि शाखा प्रमुख जनक सिंह धामीले बताए । साना साना कृषकलाई एकीकृत गरेर उनिहरुको आर्य स्तरमा वृद्धि गर्नको लागी नेपाल सरकारको उद्देश्य पकेट कार्यक्रम संचालन भएको हो ।

कृषकहरूलाई समेट्दै व्यावसायिक खेती तर्फ उनीहरूलाई आकर्षित गर्नको लागी पकेट कार्यक्रम संचालन भएको बताईएको छ । जमिन बाझो छोड्ने कुरालाई निरुत्साहित गर्न यो कार्यक्रम सञ्चालन गरेको कृषि शाखाले जनाएको छ । टोलीमा अनुगमन समितिका संयोजक प्रेम कुमारी थापा, कृषि शाखाका प्रमुख जनक सिंह धामी, गणेश शाही लगायत विभिन्न व्यक्तिहरू रहेका थिए