विश्वकप छनोटको आरामदायी स्थितिमा ब्राजिल

एजेन्सी    

विश्वकप छनोटको आरामदायी स्थितिमा ब्राजिल

ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिबार इक्वेडरलाई २–० ले हराएर आरामदायी स्थितिमा रहेको छ । ब्राजिलको जितमा रिचार्लिसनले एक मात्र गोल गरे र यसमा नेयमारले सहयोगी भूमिका खेले ।

नेयमारले नै दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा दोस्रो गोल थपे र यो पेनाल्टीबाट सम्भव गोल रह्यो । कुल १० टिम सम्मिलित दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलको यो लगातार पाँचौं जित हो र उसको अधिक्तम १५ अंक भएको छ ।

ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा छ र उसलाई यसमा चार अंकको अग्रता प्राप्त छ । अर्जेन्टिना ११ अंकमा दोस्रो स्थानमा छ । अर्जेन्टिनाले अघिल्लो दिन चिलीसँग बराबरी खेलेको थियो ।



शनिबार २२, जेठ २०७८ ०८:५७ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस