कर्णराज र सोनाम ‘द भ्वाइस अफ नेपाल’ को लाइभ शोमा प्रवेश गर्न सफल

कर्णराज र सोनाम ‘द भ्वाइस अफ नेपाल’ को लाइभ शोमा प्रवेश गर्न सफल

दर्शकको रोजाइमा परेको गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-३’ को प्रसारण शुक्रवारदेखि सुचारु भएको छ । केही साता प्रसारण रोकिएको उक्त शो शुक्रवारदेखि सुचारु भएको ‘द भ्वाइस अफ नेपाल’ को नकआउट राउण्डमार्फत यो कार्यक्रमको प्रसारण नियमति भएको हो । शुक्रवारको नकआउट चरणमा टिम तृष्णाको तर्फबाट सागर हमाल, सुरक्षा सेन्चुरी, तथा कर्णराज गिरीले आफ्नो प्रस्तुती दिए ।

जस अनुसार, टिम तृष्णाको तर्फबाट कर्णराज गिरी लाइभ शोमा प्रवेश गर्न सफल भएका छन् भने सागर हमाल तथा सुरक्षा सेन्चुरी प्रतियोगिताबाट बाहिरिएका छन् ।

टीम राजुको टिमबाट नकआउट चरणमा गन्बिर बुढामगर, सम्राट राजभण्डारी तथा सोनाम शेर्पाले आफ्नो प्रस्तुती दिए । टिम राजुबाट सोनम शेर्पा लाइभ शोमा प्रवेश गर्न सफल भएका छन् भने बाहिरिएका छन् ।