बजेट खर्च गर्न असफल बन्दै प्रदेश ७ काे सरकार

बजेट खर्च गर्न असफल बन्दै प्रदेश ७ काे सरकार

धनगढी । प्रदेश ७ को सरकारले आर्थिक बर्ष २०७४÷७५ का लागी ल्याएको १ अर्ब २ करोड ५ लाख रुपैयाको बजेट खर्च गर्ने सयन्त्र नहुदाँ खर्चको अवस्था निकै कमजोर देखिएको छ ।

प्रदेश ७ को सरकारले आर्थिक बर्ष २०७४÷७५ का लागी ल्याएको १ अर्ब २ करोड ५ लाख रुपैया मध्ये हाल सम्म चालु र पुजीगत गरी २५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार हाल सम्म चालुगत तर्फ ७ करोड ४२ लाख र पुजीगत तर्फ २ करोड ५३ लाख बजेट खर्च भएको बताउनुभयो ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले चालु आर्थिक बर्षमा ४० देखि ५० प्रतिशित बजेट खर्च हुने अनुमान गरेको छ ।  प्रदेश मन्त्रालयहरुमा बजेट खर्च गर्न सयन्त्र नुहदाँ रकम खर्च गर्न नसिकएको प्रदेश कार्यालयले बताएका छन । सरकारले प्रदेश मन्त्रालयहरुका लागी बजेट छुट्याएपनि खर्च गर्ने निकाय नदिदाँ बजेट खर्च हुन नसकेको हो । भौतिक पुर्वाधार मन्त्रालयमा भने पुजाीगत बजेट खर्च नै नभएको मन्त्रालयका उप सचिव अमर बहादुर पालले बताउनुभयो । उहाले दक्ष जनसक्तिको अभाब र जिल्ला तहमा समन्वयन गर्न निकाय नहुदाँ बजेट खर्च नभएको जानकारी दिनुभयो । 

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश ७ मा रहेका मन्त्रालयले बजेट कसरी खर्च गदैछन् भन्ने विषयको जानकारीका लागी सवै मन्त्रालयमा पत्रचार गरिएको जनाएको छ । मन्त्रालयका सचिव शकर कृष्ण श्रेष्ठले यस बर्ष बजेट खर्च गर्न संयन्त्र नभएपनि आगामी बर्षका लागी प्रदेश सरकारको मातहतमा ५० वटा कार्यालयल आएका कारण खर्च गर्न सहज हुने अपेक्षा गरिएको बताउनुभयो ।

प्रदेश सरकारले ल्याएको बजेट खर्च नहुने देखिएपछि आर्थिक बर्ष २०७५÷७६ को बजेटमा ५० करोड बजेट स्रोतका रुपमा राखिएको आर्थिक मामिला तथा योजना मन्त्रालय जनाएको छ ।