नेपाली सेनालाई अष्ट्रेलियाले दियो स्वास्थ्य सामग्री

नेपाली सेनालाई अष्ट्रेलियाले दियो स्वास्थ्य सामग्री

अष्ट्रेलियाले नेपाली सेनालाई कोरोना भाइरस  रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ। 

शनिबार अष्ट्रेलियाका राजदूत फेलिसिटी जेनभल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी हुन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रमा उक्त सामग्री हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ। 

कार्यक्रममा नेपाली सेनाका रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोगका लागि धन्यवाद दिए।