प्रधानमन्त्री ओली थप मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा : को-को बन्दै छन् मन्त्री ? (नामसहित)

प्रधानमन्त्री ओली थप मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा : को-को बन्दै छन् मन्त्री ? (नामसहित)

शुक्रबार जनता समाजवादी पार्टी नेपाल (जसपा) लाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः थप मन्त्रीपरिषद विस्तार गर्न लाग्नुभएको छ ।

सम्भवतः आज (आइतबार) बेलुकासम्म थप मन्त्रीहरुलाई नियुक्ति गरिने बालुवाटार स्रोतले बताएको
छ । स्रोतका अनुसार बालुवाटारमा यस विषयमा छलफल भएको छ ।

हाल प्रधानमन्त्री ओलीले ७ वटा मन्त्रालयले आफैँले चलाउँदै आउनुभएको छ । जसअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन,सञ्‍चार तथा सूचना प्रविधि रहेका छन् ।

तीनै मन्त्रालय भर्नका लागि प्रधानमन्त्री ओलीले सम्भवतः आज राति नै मन्त्रीहरुलाई नियुक्ति दिने तयारी गरेको बताइएको छ । शुक्रबार जसपाका १० जनालाई प्रधानमन्त्री ओलीले सरकारमा सहभागी गराउनुभएको छ ।

अब, मन्त्रिपरिषद् विस्तार गर्दा पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।

को मन्त्री बन्दैछन्
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गृह मन्त्रालयमा आगामी चुनावमा भूमिका निर्वाह गराउन सक्नेलाई नियुक्ति गर्न लागेका छन् । गृहमन्त्रीमा भक्तपुरबाट निर्वाचित महेश बस्नेतको नाम अघि रहे पनि खगराज अधिकारीलाई गृहमन्त्री बनाउने सम्भावना रहेको स्रोत बताउछ ।

यसैगरी एमालेका पूर्वसांसद नारदमुनि राना मन्त्री बन्ने निर्णय गरिएको छ । मन्त्री बन्न लागेका राना कैलालीबाट काँग्रेस नेतृ आरजू राणालाई ०७४ को चुनावमा पराजित गराउने व्यक्ति हुन् ।

रानासँगै मन्त्री बन्नेमा पार्वती बिसुंखे, राजबहादुर शाही, विशाल भट्टराई र राजेन्द्र राई रहेका छन् ।

हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको मन्त्रालयसहित मन्त्रिपरिषदको कूल संख्या २४ पुग्नेछ । संविधानअनुसार प्रधानमन्त्रीले २५ जनाभन्दा बढीको मन्त्रिपरिषद विस्तार गर्न पाउँदैन ।