सुदूरपश्चिम प्रदेश प्रहरीको अपराध अनुसन्धान समूहले १ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको भन्सार छली ल्याउका सामान बरामद गरेको छ।
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ धर्मपुरबाट उक्त सामान बरामद गरेको हो।
समूहले शुक्रबार राति सुदूरपश्चिम प्रदेश ०१००८ प ७०८ नम्बरको हिरो होन्डाको साइन मोटरसाइकल, १ क्वीन्टल चिनी, ४० किलो कालो प्लाष्टिक, १ कट्टा सुपर पावर सुर्ती बरामद गरेको हो।
थप कारवाहीको लागि आइतबार त्रिनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।