सुदूरपश्चिम प्रदेश सभामा आजबाट सुरु हुने भनिएको प्रि बजेट सारियो

सुदूरपश्चिम प्रदेश सभामा आजबाट सुरु हुने भनिएको प्रि बजेट  सारियो

सुदूरपश्चिम प्रदेश सभामा आइतबारदेखि सुरु हुने भनिएको प्रि बजेट छलफल सोमबारको लागि सारिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले छलफलको लागि मस्यौदा तयारी गर्न नसक्दा बैठक नै सारिएको हो। 

प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रि बजेट कार्यक्रम, सिद्धान्त र प्राथामिकता सम्बन्धी दस्तावेज तयारी नपुगेको भन्दै बैठक सार्न अनुरोध गरेपछि बैठक सारिएको बताए। प्रदेश सभाको जेठ २१ गतेदेखि बजेट अधिवेसन सुरु भएको हो। 

तर कमजोर तयारीले बोलाइएको बैठक सारिएको हो। यसरी बैठक सार्न थालिएपछि आवश्यक छलफलको लागि समय नपुग्ने भन्दै प्रतिपक्ष दलहरुले आपत्ति जनाएका छन्। जेठ २५ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको बताइएको छ। 

तर पछिल्लो राजनीतिक किचलो र प्रदेश सरकारको कमजोर तयारी नीति तथा कार्यक्रम ल्याउनमा अझै ढिलाइ हुन सक्ने बताइएको छ।