भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६३६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। हप्तौंपछि भारतमा दैनिक संक्रमितको संख्या १ लाखमा सीमित भएको हो।
भारतमा हालसम्म २ करोड ८९ लाख ९ हजार ९७५ जनामा संक्रमण पुष्टि भइसकेको छ। यस्तै, सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ।
सोमबार बिहानसम्म १ लाख ७४ हजार ३९९ जना संक्रमणमुक्त हुँदा कूल सक्रिय संक्रमितको संख्या १४ लाख १ हजार ६०९ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २ हजार ४२७ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ३ लाख ४९ हजार १८६ जनाको मृत्यु संक्रमणका कारण भइसकेको छ।