प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले सोमवार साँझका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

आजको बैठक भर्चुअल माध्ययमबाट बस्ने बताइएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिने र मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुने स्रोतले जानकारी दियो ।

आजको बैठकले सरकारका नयाँ प्रवक्ता तोक्न सक्ने स्रोतले जानकारी दिए । यसअघि सरकारको प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ थिए । उनी सरकारबाट बाहिरिएपछि प्रवक्ताको पद रिक्त रहेको छ ।

गत शुक्रबार प्रधानमन्त्री अ‍ोलीले १० जना मन्त्री नियुक्त गरेका थिए । त्यस्तै सात मन्त्रालयले उनले आफैंसँग राखेका छन् । रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री अ‍ोलीको तयारी छ ।