अछामको बयलपाटा अस्पतालले माग्यो ; सुदूरपश्चिम प्रदेश सरकारसँग २० करोड

अछामको बयलपाटा अस्पतालले माग्यो ; सुदूरपश्चिम प्रदेश सरकारसँग २० करोड

अछाम, बाजुरा र डोटीका स्थानिय पालिकाका प्रमुखहरुले बयालपाटा अस्पतालका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग २० करोड माग भएका छन् । 

बयालपाटा अस्पतालको सेवा क्षेत्र भित्र रहेका ३ जिल्लाका स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधीले अस्पतालको संचालन तथा व्यवस्थापनका लागि प्रदेश सरकारसँग २० करोड रकम माग गर्ने निणर्य गरेका हुन्। 

यहाँका जनतालाई नि:शुल्क सेवा दिईरहेको बयालपाटा अस्पतालका लागि आगामी आर्थिक बर्षमा प्रदेश सरकारले २० करोड रकम विनियोजित गर्नुपर्ने माग बमोजिम निणर्य भएको जिल्ला समन्वय समिती अछामका प्रमुख नरबहादुर कुवँरले जानकारी दिए। 

५० बेडको अनुमति प्राप्त अस्पताल प्रदेश सरकारको मातहतमा हुने सरकारको नितिगत निर्णय बमोजिम बयालपाटा अस्पतालले पनि सोको स्वीकृत प्राप्त गरेकाले यसको व्यवस्थापनको जिम्मा पनि प्रदेश सरकारको रहेको भन्दै बजेट विनियोजित गर्नुपर्ने ३ जिल्लाका पालिका प्रमुखहरुले माग गरेका हुन्। 

यसअघि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको साझेदारीमा न्याय हेल्थ नेपालले संचालन गरिरहेको बयालपाटा अस्पताललाई अब प्रदेश सरकारले संस्थासँग सम्झौता गरेर आर्थिक व्यवस्थापनको जिम्मा लिनुपर्ने उनीहरुको माग छ।