पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आज देशका धेरै ठाउँको मौसम बदली हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।
देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको मौसमविदले बताएका छन् । मनसुन भित्रिने समय भएकाले पनि देशका धेरैजसो ठाउँको मौसम बदली भइरहेको हो ।