जम्मू–कश्मीरको माता वैष्णो देवी मन्दिरमा भीषण आगलागी

धनगढी खबर    

जम्मू–कश्मीरको माता वैष्णो देवी मन्दिरमा भीषण आगलागी

जम्मू कश्मीर क्षेत्रको रिसी जिल्लास्थित माता वैष्णो देवी मन्दिरमा भीषण आगलागी भएको छ । मंगलबार साँझ अचानक मन्दिरमा आगलागी भएको हो ।

मन्दिरको भवनमा विद्युतीय लाइन सर्ट भइ आगलागी भएको बताइएको छ । आगो नियन्त्रणमा लिन अहिले सुरक्षाकर्मी र अग्नि नियन्त्रक टोली खटिएको छ ।

आगोबाट भवन ध्वस्त भए पनि मानवीय क्षति नभएको बताइएको छ । आगलागीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । स्थानीय समय अनुसार मंगलबार साँझ ५ बजे आगलागी भएको हो ।

एक दिनअघि सोमबार भारतको महाराष्ट्रस्थित पुणेमा एउटा सेनिटाइजर उत्पादक कारखानामा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो ।



बुधबार २६, जेठ २०७८ ०९:३४ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस