विश्वकप छनोट : ब्राजिलको लगातार छैटौं जित, नेयमार चम्किए

विश्वकप छनोट : ब्राजिलको लगातार छैटौं जित, नेयमार चम्किए

फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलले लगातार छैटौं जित निकालको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले पराग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

ब्राजिलले यसअघि बोलिभिया, पेरु, भेनेजुएला, उरुग्वे र इक्वेडरलाई हराएको थियो । कोलम्विया र अर्जेन्टिनासँगको खेल कोरोनाका कारण प्रभावित बनेको छ ।

ब्राजिलल ६ खेलबाट १८ अंक जाडेको छ । समान खेल खेलको अर्जेन्टिना १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । पराजित पाराग्वे ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

ब्राजिललाई सहज जित दिलाउनको लागि फरवार्ड नेयमारले एक गोल र अर्को गोलको लागि असिस्ट दिए । अर्का गोल सब्सिच्युट खेलाडि लुकास पाक्वेटाले गोल गरे ।

खेलको चौथो मिनेटमा नै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले गाब्रियल जेससको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नेयमारको पासमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिलाई २-० को जित दिलाए । लुकास पाक्वेटा ४६औं मिनेटमा फ्रेडको स्थानमा मैदान छिरेका थिए ।