सेती प्रयोगशालामा ७४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

सेती प्रयोगशालामा ७४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १७९ नमूना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका ३८ जना  यस्तै धनगढीबाहेक कैलालीका १९ जना र अन्य जिल्लाका १७ जनामा संक्रमण पुष्टि  भएको जनाएको छ । हाल अस्पतालमा  २४जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये ३ जना भेन्टिलेटरमा, ९ जना आइसियूमा, १४ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने १ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने  ८ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा उपचाररत १ जना कोरोना संक्रमितको  मृत्यु भएको अस्पतालले जनाएको छ ।