सर्पको डसाइबाट एक जना घाइते

सर्पको डसाइबाट एक जना घाइते

 कञ्चनपुरमा सर्पको डसाइबाट एक जना घाइते भएका छन्।

जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर ७ गैरीबजारका १९ वर्षिय महेश बास्तोला सर्पको डसाइबाट घाइते भएका हुन्।

बुधबार घर जनिकै उनलाई सर्पले डसेको जिल्ला प्रहरी कार्यादलय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक अमर थापाले बताए। उपचारका लागि महाकाली अस्पताल लगिएका उनलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ।