सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिँदै

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिँदै

सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।

दिउँसो ४ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख गगा प्रसाद यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने प्रावधान छ ।