बागमती प्रदेश र प्रदेश- २ सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

बागमती प्रदेश र प्रदेश- २ सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

बागमती प्रदेश र प्रदेश नं २ सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम आज (बिहीबार) प्रस्तुत गर्दै छन् ।

बागमती प्रदेशको बिहीवार दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेश २ मा भने प्रदेश प्रमुख डा राजेश ‘अहिराज’ले दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । सभामुख सरोजकुमार यादवले बुधबार प्रदेशसभा बैठकमा सो जानकारी दिनुभएको थियो ।

आगामी आर्थिक वर्षकाे बजेट ल्याउनुपूर्व सरकारकाे नीति तथा कार्यक्रम ल्याउने कानुनी प्रावधान रहेकाे छ ।