कैलालीमा मोटरसाइकलबाट खरेर घाइते भएका आफ्नै साथिलाइ छोडेर जाने मोटरसाइकल चालक पक्राउ परेका छन । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ को कठौती चोकमा मोटर साइकल बाट खसेका आफ्नै घाइते साथिलाइ छोडर भाग्ने घोडाघोडी नगरपालीका ६ का मोटरसाइकल चालक क्षितिज चौधरीलाइ प्रहरीले बुधबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार क्षितिज चौधरी र करन कुमाल मंगलबार से ७ प २८७० नम्बरको मोटरसाइकलमा महेन्द्रनगर जाँदै थिए। मोटरसाइकल चालक चौधरीले गौरीगंगा नगरपालिका ६ को कठौती चोकमा ब्रेक लगाउँदा घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्ताका १८ वर्षिय करन कुमाल मोटरसाइकल बाट खेसेका थिए । मोटरसाइकल बाट खसेका कुमाल अचेत अवस्थामा देखेपछि डराएका चैधरीले साथीलाई सडमै छोडेर भागेका थिए ।
पछि सडकमा घाइते अवस्थामा रहेका कुमाललाइ स्थानियले प्रहरीलाइ खवर गरेपछि उद्धार गरिएको थियो । प्रहरीका अनुसार घाइते तथा मोटरसाइकल चालकले मादकपर्दाथ सेवन गरेका थिए।
प्रहरीले उनलाई जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया चोकबाट मोटरसाइकलसहित पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान थालेको बताएको छ।