चितुवाको छालासहित दुईजना पक्राउ

चितुवाको छालासहित दुईजना  पक्राउ

चितुवाको छालासहित काठमाडौंको कीर्तिपुरबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना  र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन् ।

उनीहरुको  साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।सुदूरपश्चिम घर भएका दुबै जना काठमाडौंको कीर्तिपुरमा डेरा गरेर बस्दै आएका थिए । गोप्य सुचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।