बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

चितवनको वरन्डाभार संरक्षित वन क्षेत्रमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपालका अनुसार वनका हेरालुहरुले गस्ती गर्ने क्रममा उक्त खाग फेला परेको हो ।

खाग चोरी–सिकारी गर्ने उद्देश्य नभई गैडा आपसमा जुधेर झरेको हुन सक्ने उनले बताए । खागलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइने उनले जानकारी दिए ।