नेपालको सबैभन्दा बढी व्यापार घाटा रहेको पाँच देश

नेपालको सबैभन्दा बढी व्यापार घाटा रहेको पाँच देश

नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत, चीन, अर्जेन्टिना, युएई र युक्रेनसँग रहेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो १० महिनामा भारतसँग ७ खर्ब ३६ अर्ब ३० करोड, चीनसँग १ खर्ब ८२ अर्ब २९ करोड,अर्जेन्टिनासँग ३० अर्ब ४२ करोड, युएईसँग ३० अर्ब २२ करोड र युक्रेनसँग १३ अर्ब १५ करोड ५५ लाख रुपैयाँ व्यापार घाटा रहेको हो ।