असार १ देखि बागमती नदी किनारमा नजान मेलम्ची खानेपानीको आग्रह

असार १ देखि बागमती नदी किनारमा नजान मेलम्ची खानेपानीको आग्रह

 मेलम्ची खानेपानी विकास समितिले पानी बहाव बढ्न सक्ने भन्दै असार १ गतेबाट बागमती नदी किनारमा नजान अनुरोध गरेको छ।आयोजनाको सुरूङ परीक्षणका लागि सुरूङभित्र रहेको पानी फाल्नु पर्ने भएकोले बागमतीको बहाव बढ्ने भन्दै नदी किनारामा नजान समितिले भनेको हो।

समितिले बिहीबार विज्ञप्ति जारी गर्दै बागमती नदीसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरुमा पनि बहाव बढ्ने जनाएको छ।नदीमा काम विशेषले जानै परेमा पनि सावधानी अपनाउन समितिले अनुरोध गरेको छ।