सुदूरपश्चिम प्रदेशमा बिहिबार २ सय २५ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा बिहिबार २ सय २५ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा बिहिबार २ सय २५ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा १ सय ३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय २२ जना गरी २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिबार पिसिआर बिधिबाट २ सय २८ र एन्टिजेन विधिबाट १ हजार ३८ नमूनाको कोरोना परिक्षण गरिएको थियो ।यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४२ हजार ३ सय ३७ पुगेको छ । जसमध्ये ३२ हजार ४ सय ५ जनाले कोरोना जितेका छन ।स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७ जनाले कोरोना जितेका छन ।

सुदूरपश्चिममा कोरोना संक्रमणबाट बिहिबार ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरका २ जना, कैलाली, अछाम, डडेल्धुरा र बाजुराका १-१ जना रहेका छन ।यो संगै कैलालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५१ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।