श्रीलंकाको भ्रमणका लागि भारतीय टीमको घोषणा

श्रीलंकाको भ्रमणका लागि भारतीय टीमको घोषणा

आगामी जुलाई महिनामा श्रीलंकाको विरुद्ध हुन लागेको एक दिवसिय तथा टी २० सीरीजका लागि भारतीय टीमको घोषणा गरिएको छ ।

यो टीममा शिखर धवनलाई टीमको कप्तानमा नियुक्त गरिएको छ । तीब्र गतिका बलर भुवनेश्वर कुमारलाई उप–कप्तान बनाइएको छ । यसपटक टीममा थुप्रै नयाँ खेलाडीहरुलाई मौका दिइएको छ । 

देवदत्त पेडिकलदेखि लिएर ऋतुराज गायकवासम्म, त्यस्ता थुप्रै खेलाडीहरुलाई टीममा समावेश गरिएको छ, जसले आईपीएलमा उत्कृष्ट प्रदर्शन दिएका छन् ।

यो टीममा ब्याटिङको जिम्मेवारी शिखर धवन, पृथ्वी शा, देवदत्त पडिकल, ऋतुराज गायकवाल, सूर्यकुमार यादव, ईशान किशन, मनीष पाण्डे, सञ्जू साम्सनको काँधमा सुम्पिइएको छ ।

बलिङतर्फ भुवनेश्वर कुमारसहित कुलदीप यादव, चेतम सकारिया, नवदीप सैनी, दीपक चहर, वरुण चक्रवर्ती तथा युजवेन्द्र चहललाई जिम्मेवारी सुम्पिएको छ ।

टीमलाई सन्तुलित बनाउने क्रममा अलराउण्डरहरुलाई पनि महत्व दिइएको छ । हार्दिक पाण्ड्या चोटपछि टीममा फर्किएका छन् । रोचक कुरा के छ भने यसपटक भारतीय टीमले एक साथ दुई सीरीज खेल्दैछ ।

एकतिर विराट कोहलीको कप्तानीमा इङ्ल्याण्डमा न्यूजील्याण्डविरुद्ध आईसीसी वल्र्ड टेस्ट च्याम्पियनशिपको तयारी भैरहेको छ भने अर्कोतिर शिखर धवनको नेतृत्वमा श्रीलंकाको टूर खेलिंदैछ ।

यो एउटा त्यस्तो घटना हो, जुन पहिलो पटक देखिंदैछ । भारतीय टीमको श्रीलंका यात्रा १३ देखि २५ जुलाईको बीचमा हुनेछ । यसक्रममा तीन वटा एक दिवसीय तथा टी२० खेलिने छ ।

जुलाईको १३, १६ तथा १८ मा एक दिवसीय खेल खेलिंदैछ भने जुलाईको २१, २३ तथा २५ का दिन टी २० खेल खेलिने तालिका सार्वजनिक भएको छ ।