आजको मौषम कस्तो रहला ?

आजको मौषम कस्तो रहला ?

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पुर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ ।

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

साँझ: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, वागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :-

देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका भूभागका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।