धनगढीबाट बाट बाजुराको लागि हिडेको जिप दुर्घटना ; एकजनाको मृत्यु एकजना घाइते

धनगढीबाट बाट बाजुराको लागि हिडेको जिप दुर्घटना ; एकजनाको मृत्यु एकजना घाइते

 सरिता कठायत डोटी ; डोटीमा जिप दुर्घटना हुँदा एकजना घाइते एकजनाको मृत्यु भएकाे छ ।

दिपायल सिलगढी नगरपालिका वडा नं ४ स्थित समुहगाड रेडियो नेपाल क्षेत्रीय प्रशारण दिपायल नजिकै बिहान करिब ४ बजेको समयमा दुर्घटना भएकाे हो । दुर्घटनामा परी घाईते हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर बस्ने ५० बर्षिया चालक हुकुम शाह र सँगै सवारमा रहेकी उनकी भतिजी २६ बर्षिया देवी कुमारी शाह रहेको छन् ।

दुबै जनालाई उपचारको लागि शैलेश्वरी अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्याएको केहि समयमै चालकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते देवी शाहको अहिले उपचार भैरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

धनगढीबाट बाट बाजुराको लागि कुखुराका चल्ला बोकेर गैरहेको जिप १०० मिटर तल खसेर दुर्घटना भएको छ । सु. प्र. प ०१०० च २६१५ नम्बरको जिप ब्रेकफेल भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका इन्चार्ज अशोक खड्काले जानकारी दिए ।