रुपन्देहीमा बाख्रा चराउन गएकी ३८ वर्षीया महिला बलात्कृत

रुपन्देहीमा बाख्रा चराउन गएकी ३८ वर्षीया महिला बलात्कृत

रुपन्देहीमा ३८ वर्षीया महिला बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा सैनामैना नगरपालिका–२ उछिटिया बस्ने २६ वर्षीय छेत्रबहादुर थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

सैनामैना नगरपालिका–२ स्थित सैनामैना सामुदायिक वनमा बाख्रा चाराउन गएकी ती महिलालाई जंगलमा च्याउ खोज्न गएका छेत्रबहादुरले बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।