पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

धनगढी खबर    

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको छ । मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–६ स्थित लक्ष्मीपुरमा पोखरी पौडी खेल्ने क्रममा डुबेर पाँच जना बालिकाको मृत्यु भएको र दुइ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललिता साहको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । 

स्थानीय र प्रहरीको सहयोगमा ५ वटा शव पोखरीबाट निकालिएको छ । उनका अनुसार दुई जना बालिका बेपत्ता छन् ।



शुक्रबार २८, जेठ २०७८ ०३:०१ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस