इलाममा एक पुरुषले आफ्नै श्रीमतीको धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेका छन्।
शुक्रबार देउमाई नगरपालिका -४ डेरामा बस्दै आएका ४५ वर्षीय ताक बहादुर तामाङले धारिलो हतियार प्रहार गरी घाँटी काटेर श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ। तामाङले श्रमितीको टाउको काटेर खोलामा फालेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार भोजपुर साबिक ओख्रे -४ घर भएका तामाङले घरायसी विवादका कारण ४६ वर्षीया श्रीमती सुर्जामाया तामाङको हत्या गरेका हुन्। ताक बहादुर र उक्त धारिलो हतियार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहररीले जनाएको छ।