नागरिक समाजका अगुवाहरू प्रहरी नियन्त्रणमा

नागरिक समाजका अगुवाहरू प्रहरी नियन्त्रणमा

बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन को बिरोधमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

चिकित्सा शिक्षा आयोगमाथि हस्तक्षेप भएको भन्दै विरोध उत्रिएका नागरिक अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा नारायण वाग्ले, खगेन्द्र संग्राैला, सञ्जीव उप्रेती, अनुभव अजित, भास्कर गाैतम, रिता परियार, सरिता परियार, भावना राउत, संगीत स्राेतलगायतलाई प्रहरीले बालुवाटार क्षेत्रबाट नियन्त्रणमा लिएको हो । 

प्रदर्शनका क्रममा नागरिक अगुवाहरूले 'स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन', 'चिकित्सा शिक्षा आयोगमाथिको राजनीतिक हस्तक्षेप बन्द गर' लगायत नारा लेखिएका प्लाकार्ड बोकेका थिए।प्रहरीले भने निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरेको जनाएको छ ।