गण्डकी प्रदेशमा मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान : २४ घण्टाको समय

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान : २४ घण्टाको समय

गण्डकी प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्तिको लागि आह्वान गरेको छ । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि शुक्रबार प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेश प्रमुख सिता पौडेलले  मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेकी हुन्।