सेती प्रादेशिक अस्पतालको लिफ्ट सञ्चालनमा आयो

सेती प्रादेशिक अस्पतालको लिफ्ट सञ्चालनमा आयो

सेतीसेती प्रादेशिक अस्पतालको लिफ्ट सञ्चालनमा आएको छ। 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले लिफ्ट सञ्चालनमा आइसकेको बताए। बिभिन्न सञ्चार माध्यममा सो विषयमा समाचार प्रकाशित भएपछि अस्पतालले मर्मत गरेर पुन सञ्चालनमा ल्याएको हो ।

प्रादेशिक अस्पतलले लिफ्ट सञ्चालनमा आएको र दुर्गन्धित शौचालयहरुमा निरन्तर सरसफाई भइरहेको भन्दै एक विज्ञप्ति समेत जारी गरेको छ। यस अघि लिफ्ट बिग्रेको हुदाँ .गम्भीर प्रकृतिका बिरामीहरुलाई तल्लो तल्ला ओर्लिन र मल्लो तला चढ्न समस्या भइरहेको थियो।