थपिए ३ हजार ७५० संक्रमित, ५ हजार २२५ निको भए

थपिए ३ हजार ७५० संक्रमित, ५ हजार २२५ निको भए

 आज देशभर ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

पिसिआर र एन्टिजेन गरी यस अवधिमा कुल १५ हजार १८२ जनाको नमुना परीक्षण भएको थियो।यस अवधिमा ५ हजार २ सय २५ जना कोरोनाबाट मुक्त भएका छन्। त्यस्तै थप ६७ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।