वेदकोट नगरपालिकाका एक वडा सदस्य काठसहित पक्राउ

धनगढी खबर    

वेदकोट नगरपालिकाका एक वडा सदस्य काठसहित पक्राउ

 कञ्चनपुरको वेदकोट नगरपालिकाका एक वडा सदस्य काठसहित पक्राउ परेका छन् । वेदकोट नगरपालिका–१० का सदस्य डम्बरदक्त भट्ट काठसहित पक्राउ परेका हुन् ।

बिहिबार दिउँसो शुक्लाफाँटा निकुञ्ज कार्यालयको टोलिले भट्टलाई काठसहित वेदकोट नगरपालिका–१० सिद्धनाथ टोलीस्थित उनकै घरबाट पक्राउ गरेको रेञ्जर धर्मजित साउँदले बताए ।

उनका अनुसार घर नजिकैको नालामा तीन गोलियाँ काठ फेला परेको छ ।सदस्य भट्टलाई निकुञ्ज कार्यालयलको नियन्त्रणमा राखिएको छ । साथै निकुञ्ज कार्यालयले काठ तस्करीबारे थप अनुसन्धान गरिरहेको रेञ्जर साउँदको भनाई छ ।



शुक्रबार २८, जेठ २०७८ ०६:०४ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस