सुदूरपश्चिममा शुक्रबार २४९ कोरोना संक्रमित थपिए,१३१ डिस्चार्ज

सुदूरपश्चिममा शुक्रबार २४९ कोरोना संक्रमित थपिए,१३१ डिस्चार्ज

सुदूरपश्चिम प्रदेशमा शुक्रबार २ सय ४९ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा १ सय २५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय २४ जना गरी २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार पिसिआर बिधिबाट २ सय २८ र एन्टिजेन विधिबाट १ हजार ३८ नमूनाको कोरोना परिक्षण गरिएको थियो ।यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४२ हजार ५ सय ९६ पुगेको छ । जसमध्ये ३२ हजार ५ सय ३६ जनाले कोरोना जितेका छन ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३१ जनाले कोरोना जितेका छन। सुदूरपश्चिममा कोरोना संक्रमणबाट शुक्रबार २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना कैलालीका रहेका छन । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५३ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।