कञ्चनपुरको वेदकोट नगर कोभिड अस्पताललाई २० थान अक्सिजन सिलिण्डर सहयोग

कञ्चनपुरको वेदकोट नगर कोभिड अस्पताललाई २० थान अक्सिजन सिलिण्डर सहयोग

कञ्चनपुरको वेदकोट नगरपालिका –३ स्थित सामादैजीमा रहेको वेदकोट नगर कोभिड अस्पताललाई शुक्रबार अक्सिजन सिलिण्डर सहयोग गरिएको छ ।

वेदकोटका युवाहरुद्वारा सञ्चालित कोभिड १९ संक्रमित सहयोग समूहले अस्पताललाई २० थान अक्सिजन भरिएका सिलिण्डर सहयोग गरेको हो। 

देश विदेशमा रहेका युवाहरुले समूहमार्फत आफूले सकेजति रकम सहयोग गरेका हुन्। कोरोना भाइरस संक्रमितलाई अक्सिजन अभाव नहोस् भन्ने उद्देश्यले समूह नै बनाएर रकम संकलन गरिएको बताइएको छ।