प्रदेश ट्राफिक कार्यालय द्वारा १ सय ४४ जना प्रहरीको निशुल्क आँखा चेकजाँच

धनगढी खबर    

प्रदेश ट्राफिक कार्यालय द्वारा १ सय ४४ जना प्रहरीको निशुल्क आँखा चेकजाँच

धनगढी । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीया तथा च्यारिटी हेल्थ फाउन्डेसन नेपालको संयुक्त आयोजना आखा चेकजाँच सम्पन्न भएको छ ।  

विहिबार र शुक्रवार धनगढी नेत्रालय आँखा अस्पतालको प्राबिधिक सहयोगमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत समेतमा रहेका ट्राफिक प्रहरीहरु र इलाका प्रहरी कार्यालय अत्तरियामा कार्यरत प्रहरी कर्मचारीहरुको आँखा चेकजाँच गरिएको जनाइएको छ । 

कोभिड १९ को महामारीको यस अप्ठ्यारो परिस्थितिमा पनि जनताको सेवामा अहोरात्र खटिएका प्रहरीहरुको आँखा स्वास्थ्यलाई मध्यनजर गरि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो । 

कार्यक्रममा ११ महिला र १ सय ३५ पुरुष गरी जम्मा १ सय ४६ जना प्रहरी कर्मचारीहरुको नि:शुल्क आँखा जाँच गरि आवश्यक सबैलाई नि:शुल्क औषधि वितरण गरिनुका साथै २४ जनालाई नि:शुल्क नजिकको लेखपढ गर्ने चश्मा वितरण गरिएको थियो भने केहि प्रहरीलाई नि:शुल्क उपचारका लागि धनगढी नेत्रालय आँखा अस्पताल, चटकपुर् सिफारिस गरिएको छ । 

राष्ट्रिय बाणिज्य बैंक लि.को आर्थिक सहयोगमा सम्पन्न सो कार्यक्रममा धनगढी नेत्रालय आँखा अस्पतालका नेत्र अधिकृत गोकर्ण प्रसाद भट्टको नेतृत्वमा रहेको प्राबिधिक टोलीले आँखा चेकजाँच कार्य सम्पन्न गरेको थियो ।



शुक्रबार २८, जेठ २०७८ ०७:५८ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस