निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी

निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउनेबारे छलफल गरेको हो ।

निषेधाज्ञा थप्नेबारे आज अनौपचारिक छलफल भएको र पर्सि आइतवार निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कुन-कुन क्षेत्र खुलाउने भन्नेबारे कुनै निष्कर्ष निस्किएको छैन तर कोरोनाको जोखिम अझै उत्तिकै रहेकाले थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भएको छ ।

उहाँका अनुसार विकास निर्माणका कामलाई प्राथमिकता दिने र अहिले बिहान ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसललाई १० बजेसम्म खुलाउने तयारी छ । पछिल्लो पटक काठमाडौ उपत्यकामा थपिएको निषेधाज्ञा आउँदो ३१ गते राति १२ बजेदेखि सकिने छ ।